काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि तयार गरेको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ ।
पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसेका अनुसार आज सार्वजनिक गर्ने भनिएको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको हो ।
यसअघि पार्टीले फागुन ३ गते आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो। तर कार्यक्रम परिमार्जन गर्दै अब जनकपुरमा आयोजना हुने आमसभाबाट सार्वजनिक गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।
उनका अनुसार उक्त आमसभा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न हुने सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम जनकपुरमा सारिएको हो ।
View : 120
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved