Biratnagar, Morang, Nepal
देश

विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

-
अखवारका कुरा
१५ भदौ २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ । 

 

बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गराउन सरकारसँगै मिलेर रेडक्रसले काम गरिरहेको सोसाइटीका अध्यक्ष डा.विशालकुमार भण्डारीले जानकारी दिएका छन् ।

 

सरकारले छुट्टाएको क्लस्टर अनुसार नै क्लस्टर विभाजन गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पुर्याइरहेको पनि उनले जानकारी दिए ।

 

सोमबार मात्र सोसाइटीले नेपाल आर्मीको हेलिकप्टरमार्फत अत्यावश्यक औषधिलगायत लिस्टमा भएका सामग्रीहरु रसुवा पठाएको छ ।

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved