बुढिगङ्गा गाउँपालिका युवामैत्री बन्दै
बुढीगंगा गाउँपालिका – बुढीगंगा गाउँपालिकाले युवाहरूलाई नीतिनिर्माण, कार्यक्रम सञ्चालन तथा समग्र विकास प्रक्रियामा सक्रिय सहभागी गराउने उद्देश्यका साथ 'बुढीगंगा गाउँ युवा परिषद्' गठन गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित औपचारिक समारोहमा गाउँपालिका अध्यक्ष  जितनारायण थापा मगरले नवगठित परिषद्को पदभार तथा गोपनीयताको सपथ गराउनु भएको थियो। कार्यक्रममा अध्यक्ष थापा मगरले युवाहरूलाई परिवर्तनको आधारका रूपमा परिभाषित गर्दै, गाउँपालिकाको समृद्धि र स्थायीत्वका लागि युवाको ऊर्जा, सोच र नेतृत्व क्षमताको समुचित उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
परिषद्का पदाधिकारीहरूमा अध्यक्षमा पूजेश कोइराला, उपाध्यक्षमा आयुष अधिकारी र सदस्य सचिवमा कृष्ण प्रसाद भट्टराई चयन भएका छन्। यसका साथै परिषद्मा २४ सदस्यहरूलाई पनि समावेश गरिएको छ। परिषद्का अन्य सदस्यहरूमा रमिता माझी, दिनेश सापकोटा, सृष्टि दाहाल, नवीन पोख्रेल, सागर चौधरी, सपना थापा मगर, शिखा झा, विजय सरदार, सरु वि. क, मुन्नी उराँव, प्रमिला उराँव, योगेन्द्र बस्नेत, सृजना लुइँटेल, सुनिल विश्वास, क्षितिज थापा मगर, अंजय बस्नेत, केशव ढकाल, राजेश न्यौपाने, राम माझी, मो. फौजन मियाँ, सौहार्द कार्की र भावना ऋषीदेव रहेका छन्।
परिषद्को प्राथमिक उद्देश्य युवाहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा नेतृत्व विकास गर्न सक्षम बनाउनु रहेको छ। अध्यक्ष कोइरालाले युवाहरूलाई गाउँपालिकाका विभिन्न विकास गतिविधिमा सक्रियताका साथ संलग्न गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
View : 605
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved