Biratnagar, Morang, Nepal
राजनीति

विराटनगर महानगर कांग्रेस सभापतिमा बस्नेतले उम्मेदवारी दिने

-
अखवारका कुरा
३० भदौ २०८३, मङ्गलवार

Advertisement

 

विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापति पदमा सुभाष चन्द्र बस्नेतले उम्मेदवारी दिने भएका छन्।

वि.सं. २०५५ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय बस्नेत विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा आबद्ध छन्। बीपी कोइरालाको राजनीतिक विचारबाट प्रभावित रहेको बताउने बस्नेतले पार्टी संगठनमा युवा पुस्ताको नेतृत्व आवश्यक रहेको धारणा राख्दै आएका छन्।

राजनीतिसँगै सामाजिक र खेलकुद गतिविधिमा समेत सक्रिय बस्नेत सम्राट स्पोर्टिङ क्लबका सचिव हुन्। उनले युवालाई संगठनसँग जोड्ने र महानगरमा कांग्रेसको संगठनलाई थप सक्रिय बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

सभापति पदमा आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा संगठनभित्र नयाँ सोच र परिवर्तनको सुरुवातका रूपमा लिएको बस्नेतले बताए।

‘लोकतन्त्र कांग्रेसको आधार हो, बीपीको विचार हाम्रो मार्गदर्शन हो र युवाको नेतृत्व भविष्यको आवश्यकता हो,’ उनले भने।

महानगर कांग्रेसको नेतृत्वमा युवाको सहभागिता बढाउँदै संगठनलाई थप व्यवस्थित र जनतासँग जोड्ने आफ्नो उद्देश्य रहेको बस्नेतको भनाइ छ।

View : 70

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved