काठमाडौं । आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो ।
बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन लगायतका विषयमा केन्द्रीत भई यो दिवस मनाउने गरिन्छ ।
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved