Biratnagar, Morang, Nepal
खेलकुद

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

-
अखवारका कुरा
१३ वैशाख २०८२, शनिवार

Advertisement

विराटनगर। मोरङ जिल्ला (आइटिएफ) तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको सह-आयोजनामा कोशी प्रदेश स्तरीय (आइटिएफ) तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न भएको छ।

आज विराटनगर स्थित शहिद रंगशालाको कभर्ड-हलमा प्रदेशका कोशी प्रदेशका ७ जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागितामा एक दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो।

तालिम सम्पन्न समारोहमा बोल्दै मोरङ जिल्ला खेलकुद समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठले तालिमले खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने तथा थप अनुशासित बनाउन मद्धत गर्ने बिचार ब्यक्त गरे ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले आत्मरक्षा तालिमको महत्वमा प्रकाश पार्दै तालिमले खेलाडीहरुलाई जिम्मेवार र समाजप्रति उत्तरदायी बन्न सहयोग पुर्याउने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै , विराटनगर महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले तालिम अनुकरणीय रहेको बताउँदै भविष्यमा गैर-खेलाडीलाई समेत समावेश गरेर तालिम संचालन गर्न शुभकामना व्यक्त गरेका थिए ।

तालिममा प्रदेशका ७ जिल्लाका २५ महिला र ८२ पुरुष गरेर  १०७ जना खेलाडीको सहभागिता रहेको तेक्वान्दो संघ कोशीका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिए। तालिममा प्रशिक्षकद्वय नविन तामाङ्ग र राजेन्द्र धिमालले प्रशिक्षण प्रदान गरेका थिए। 

View : 404

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved