विराटनगर, साउन २८ : विराट स्पोर्ट्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको दोस्रो दिन बुधबार चार खेल सम्पन्न भएका छन्। ८ ओभरको प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, जेसि बाल सदन, राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुल र कान्तिपुर सेकेन्डरी स्कुल विजयी भए।
पहिलो खेलमा आदर्श सेकेन्डरी स्कुलले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ८९ रन बनायो। जवाफमा लर्ड बुद्ध निकेतनले ८ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन मात्र बनाउन सकेपछि आदर्श ३६ रनले विजयी भयो। गौरव राय प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा बुधानिलकण्ठ सेकेन्डरी स्कुल ५.३ ओभरमा २३ रनमै समेटियो। लक्ष्य पछ्याएको जेसि बाल सदनले ३.१ ओभरमा २ विकेट गुमाएर २४ रन बनाउँदै सहज जित हात पार्यो। आशुतोष गुरागाईं प्लेयर अफ द म्याच बने।
तेस्रो खेलमा राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुलले ८ ओभरमा ३ विकेट गुमाएर १४० रनको विशाल योगफल तयार गर्यो। सेन्ट जोसेफ सेकेन्डरी स्कुलले ८ ओभरमा ४ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो। राइजिङका ड्यानिश राजाले अविजित ११० रन (४५ बल) बनाउँदै प्रतियोगिताको पहिलो शतक पूरा गरे र प्लेयर अफ द म्याच घोषित भए।
चौथो खेलमा कान्तिपुर सेकेन्डरी स्कुलले ८ ओभरमा ५ विकेट गुमाएर ६६ रन बनायो। विनायक बोर्डिङ सेकेन्डरी स्कुल ७.२ ओभरमा ५७ रनमा रोकिएपछि कान्तिपुर ९ रनले विजयी भयो। सुजित यादव प्लेयर अफ द म्याच घोषित भए।
यो समाचार तयार पार्दा सम्म अन्य दुई खेल भरिरहेका छन्।
प्रतियोगिता बिहीबार पनि निरन्तर सञ्चालन हुने आयोजक विराट स्पोर्ट्स जोनले जनाएको छ।
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved