.काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् । आज (शनिबार) होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।
यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १.३० बजे अवतरण भएको थियो । सो क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।
View : 46
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved