काठमाडौं । चीनले आइतबार दक्षिण—पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह गाओफेन—१४ ०२ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे लङ मार्च—३बी रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।
गाओफेन—१४ ०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च—सटीक त्रि—आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ । यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पु¥याउने बताइएको छ । यो प्रक्षेपणसँगै लङ मार्च रकेट श्रृंखलाको यो ६०३ औँ उडान मिशन रहेको छ ।
सीसीटीभी
View : 64
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved