विधालय खेलकुद
विराटनगर - प्याब्सन प्रेसिडेन्ट विराटनगरस्तरीय छनोट फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलबाट मोर्डनएरा स्कुल र ग्रेडेड स्कुल फाइनलमा प्रवेश गरेका छन्।
विराटनगर-३ स्थित मोर्डनएरा स्कुलले आजको पहिलो सेमिफाइनलमा सगरमाथा स्कुललाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा मोर्डनएराका कृतम खवास उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए।
त्यसैगरी दोस्रो सेमिफाइनलमा ग्रेडेड स्कुलले गोदावरी स्कुलमाथि ३-० को स्पष्ट जित निकाल्दै फाइनल यात्रा तय गर्यो। ग्रेडेडका रागन मानन्धर खेलभर प्रभावशाली देखिँदै ‘प्लेयर अफ द म्याच’ बने।
प्रतियोगिताको फाइनल खेल भोलि मोर्डनएरा स्कुल र ग्रेडेड स्कुलबीच बिहान ११ बजे हुनेछ। मंसिर २५ गतेदेखि सञ्चालन भएको उक्त नगरस्तरीय प्रतियोगितामा विराटनगरका २४ विद्यालयको सहभागिता रहेको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए।
विद्यालयस्तरीय खेलकुदको विकास र विद्यार्थीमा अनुशासन तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
View : 57
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved