Biratnagar, Morang, Nepal
शिक्षा

कक्षा १२ मौका परीक्षा असोज ७ र ८ गते हुने

-
अखवारका कुरा
३१ भदौ २०८२, बुधवार

Advertisement

 

काठमाडौं, १ असोज । स्थगित भएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११–१२) ले असोज ७ र ८ गते परीक्षा सञ्चालन हुने जनाएको हो।

यसअघि भदौ २८ र २९ गते तय भएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो।

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) र एक मात्र विषय परीक्षा दिने विद्यार्थीका सबै विषयको परीक्षा हुनेछ। दुई विषय परीक्षा दिने विद्यार्थीले सानो कोड भएको विषय असोज ७ गते र ठूलो कोड भएको विषय असोज ८ गते परीक्षा दिनुपर्नेछ।

अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय परीक्षा दिने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ।

View : 88

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved