प्रधानमन्त्रीको विज्ञ सल्लाहकार
काठमाडौ :
पुर्व महान्यायाधिवक्ता अग्नि खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त भएका छन्।
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीका बिश्वासपात्र मानिएका गृह जिल्ला झापाका खरेल संविधानसभा सदस्य हुन् भने उनी ओलीको पहिलो कार्याकालमा कानुनमन्त्री समेत भएका थिए।
नेपाल सरकारको महान्यायाधिवक्ताका रुपमा समेत कार्य गरिसकेका उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य रहेका छन ।
विज्ञ सल्लाहकारका रुपमा उनले राज्यमन्त्री वा सो सरह सुविधा पाउने बताइएको छ ।
View : 347
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved