लर्ड बुद्ध कलेजमा पढ्दै सिक्दै कमाउदै अभियान
लर्ड बुद्ध कलेजको नवआगन्तुक विद्यार्थी अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न
विराटनगर, श्रावण ८
लर्ड बुद्ध कलेज, विराटनगरले ब्यबस्थापन तर्फ कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम होटल नमस्कार रिजेन्सीमा भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यार्थीहरूलाई खादा र अविर लगाई स्वागत गरिएको कार्यक्रममा गायन र नृत्यजस्ता सांस्कृतिक प्रस्तुतीहरूले उत्साह थपेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले किशोरावस्थालाई सबैभन्दा जोखिमयुक्त उमेर भएको उल्लेख गर्दै विद्यार्थीसँग अनुशासन, स्वअध्ययन र जीवन मूल्यमान्यताप्रति सचेत रहन आग्रह गरे। उनले पछिल्लो समय युवापुस्तामा देखिएको दुर्ब्यसन प्रवृत्तिबाट टाढा रहन सचेत गराए ।
कार्यक्रममा कलेजका निर्देशक सविता दाहालले “ठूलो होइन, असल बन्नु महत्वपूर्ण हो” भन्ने सन्देश दिँदै, लर्ड बुद्ध कलेजले आगामी वर्षदेखि साइन्स संकाय पनि सुरु गर्ने जानकारी दिइन्।
कलेजका संस्थापक सरोज भट्टराईले नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन हुने विराटनगरको पहिलो संस्थाको रुपमा कलेज परिचत रहेको जानकारी गराउँदै नयाँ ब्यबस्थापनले कलेजको नाम अझ फैलाउने विश्वास व्यक्त गरे ।
कलेजका प्राचार्य दिनेश पण्डितले विधार्थीमैत्री वातावरणमा अध्यापन हुँदै आएको जानकारी दिँदै लर्ड बुद्ध रोज्नु गौरवको विषय हुने दावी गरे।
कलेजका अध्यक्ष पप्पु अन्सारीले शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले कलेजमा “पढ्दै–सिक्दै–कमाउँदै” अभियान सुरु गरिएको जानकारी दिए। उनले विद्यार्थीलाई एकाउण्टिङ तथा लोकसेवा तयारी कक्षा समेत उपलब्ध गराउने घोषणा गर्दै यस प्रकारको कार्यक्रम +२ का लागि नौलो भएको बताए।
छोटो समयमै नयाँ व्यवस्थापन अन्तर्गत संचालनमा आएको लर्ड बुद्ध कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण देखिन थालेको छ। अभिभावक तथा सुभेच्छुकले आगामी दिनमा अझ बृहतरुपमा कलेज अघि बढ्ने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रमको संचालन कलेजका निर्देशक मनोज कर्णले गरेका थिए ।
View : 411
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved