Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लियो सेन्ट्रल मेघाले वडा प्रहरी कार्यालयमा मनायो रक्षाबन्धन

-
अखवारका कुरा
२५ साउन २०८२, आइतवार

Advertisement

विराटनगर — पवित्र रक्षाबन्धनको अवसरमा लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले वडा प्रहरी कार्यालय, विराटनगरका प्रहरी अधिकृत तथा जवानलाई राखी बाँधेर सम्मान गरेका छन्।

कार्यक्रममा प्रहरीको निष्ठा, सेवा र समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै राखी बाँधिएको थियो। लियो क्लबले भाइ–बहिनीको प्रेम र सुरक्षा सम्बन्धी भावनासँगै, समाजमा शान्ति र सुरक्षाका लागि निरन्तर खटिने प्रहरीका प्रयासलाई उच्च सम्मानका साथ स्मरण गरेको जनाएको छ।

लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका  अध्यक्ष पवन काफ्लेले प्रहरी समुदायप्रति आभार प्रकट गर्दै भने, "प्रहरी हाम्रो सुरक्षाका वास्तविक अभिभावक हुन्। उनीहरूको निरन्तर सेवा, त्याग र समर्पणका कारण हामी सहज जीवनयापन गर्न सक्षम भएका छौं। रक्षाबन्धनको यो अवसर केवल राखी बाँध्ने परम्परा मात्र होइन, सुरक्षाकर्मीप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने एक अनुपम अवसर पनि हो।"

उनले अझ थप्दै, "हामी आशा गर्छौं, यस्ता कार्यहरूले प्रहरी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउनेछ र समाजमा शान्ति, सेवा र मित्रताको सन्देश फैलाउनेछ," भने।

क्लबले भविष्यमा पनि यस्तै सामाजिक, मानवीय र प्रेरणादायी कार्यमार्फत सामुदायिक सहकार्यलाई बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

View : 95

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved