Biratnagar, Morang, Nepal
देश

आज विश्वकर्मा पुजा

देशभर विश्वकर्मा पूजा एवं वास्तु दिवस धूमधामसहित मनाइँदै

-
अखवारका कुरा
३१ भदौ २०८२, बुधवार

Advertisement

काठमाडौं, असोज १। आज काठमाडौंसहित देशभर विश्वकर्मा पूजा एवं वास्तु दिवस विशेष पूजा–आराधना गर्दै मनाइँदैछ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन भगवान् विश्वकर्माको पूजाआजा गर्ने परम्परा अनुरूप आज विभिन्न स्थानमा विशेष कार्यक्रमसहित श्रद्धालुहरूले पूजा सम्पन्न गरेका छन्।

कलकारखाना, उद्योग तथा विभिन्न कार्यस्थलमा मजदुर र व्यवसायीहरूले विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी पूजा–आराधना गरेका छन्। यस अवसरमा कारखानाहरूलाई विशेष रूपमा सजाउने र मजदुरलाई सहभागी गराएर सामूहिक रूपमा दिवस मनाउने परम्परा रहेको छ।

धार्मिक विश्वासअनुसार, आजका दिन कालिगडले प्रयोग गर्ने औजारमा पूजा आराधना गरेमा ती औजार लामो समय टिक्ने, बिग्रिन नखोज्ने र राम्रो काम गर्न सकिने मान्यता रहिआएको छ।

कथनअनुसार, द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको जनविश्वास छ। एकै रातमा समुद्रको बीचमा भव्य ‘भेद द्वारका’ निर्माण गरेका कारण विश्वकर्मालाई सफल वास्तुविद् मानिने र त्यही समयदेखि पूजाआजाको परम्परा सुरु भएको विश्वास गरिन्छ।

View : 102

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved