Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेस बैंठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

-
अखवारका कुरा
१४ कार्तिक २०८२, शुक्रवार

Advertisement

 

काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । 

कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा.कोइरालाले सक्रियता जनाएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन् ।

बैठक १ बजेका लागि तय गरिएको छ । कांग्रेसभित्र महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा विवाद बढेको छ । 

View : 63

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved