कोशी प्रदेश
मोरङ : कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
आज बसेको बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ र सार्वजनिक खर्चको मापदण्ड तथा मितव्ययितासम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
त्यस्तै, गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई सम्बन्धित सुरक्षा निकायमार्फत बजेट कार्यान्वयन हुने गरी बजेट बाँडफाँट गर्ने निर्णय भएको छ। साथै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयहरूबाट सुरक्षा निकाय तथा उच्च तथा जिल्ला बारको भवन मर्मतका लागि आवश्यक बजेट स्वीकृत गरिएको मन्त्री भण्डारीले बताए।
View : 365
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved