Biratnagar, Morang, Nepal
राजनीति

सुनसरी-३ मा युवामैत्री घोषणापत्र ल्याउँछौँ : भगवती चौधरी

-
अखवारका कुरा
१७ माघ २०८२, शनिवार

Advertisement

 सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहनुभएको छ।

सुझाव संकलनका लागि सामाजिक सञ्जालमार्फत आह्वानसमेत गर्नुभएको छ। आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ चौधरीले बताउनुभयो। उहाँले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सार्नुभएको छ। युवालाई विदेश पलायन होइन, प्रविधि सिकाएर गाउँमै रोक्ने रणनीति रहेको उल्लेख गर्दै चौधरीले युवाकै आवश्यकता, माग र चाहनाअनुसार कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुनसरी-३ बाट अघिल्लो निर्वाचनमा भगवती चौधरी नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो। उहाँले गच्छेदारभन्दा ५ हजार १ सय ८८ धेरै मत प्राप्त गर्नुभएको थियो।

View : 114

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved