लायन्समा नयाँ नेतृत्व
विराटनगर । लायन्स क्लब अफ विराटनगर तथा लियो क्लब अफ विराटनगरको संयुक्त आयोजनामा विराटनगर–७ स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाका लागि खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ।
नयाँ लायन वर्ष २०२६/२७ को सुरुवातसँगै मानव सेवालाई प्राथमिकतामा राखेर आयोजित कार्यक्रममा छात्रावासका दैनिक आवश्यकताका लागि खाद्यान्न सामग्री उपलब्ध गराइएको हो। कार्यक्रमका प्रमुख प्रायोजक लायन्स क्लब अफ विराटनगरका पूर्वअध्यक्ष लायन विजय सुराना (PMJF) तथा श्रीमती नम्रता सुराना रहेका थिए।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन चाँद इराकीले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर क्लबले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा मानवीय सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र सहभागिताले यस्ता मानवीय अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सहयोगदाता, प्रायोजक तथा कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरे।
लायन्स क्लबले समुदायमा आवश्यकता भएका वर्गसम्म प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यका साथ यस्ता सामाजिक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।
View : 250
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved