जेसीजको सेवा
विराटनगर, असार १९
विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ अन्तर्गत पाँचाैं दिन “हराभरा विराटनगर– हाम्रो साझा उत्तरदायित्व” भन्ने नारासहित विशेष कार्यक्रम सम्पन्न गरेको छ।
विराटनगर–५ स्थित चाँदनीचोकमा आयोजित उक्त कार्यक्रममा ‘हरित अभियान समूह, विराटनगर’ लाई नगद १० हजार रुपैयाँ, बोट बिरुवा, आवश्यक उपकरणहरू तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा समूहका अभियन्ता पारुल क्षेत्रीलाई विशेष रूपमा सम्मान गरियो।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष सन्तोष न्यौपानेले सामुदायिक अभियानमा जेसीजको भूमिका प्रशंसनीय रहेको बताए।
विशिष्ट अतिथि तथा जेसीजका पूर्व अध्यक्ष  टीपी आचार्यले यस्ता अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका मुख्य संयोजक अभिषेक भट्टराईले सेवा सप्ताहको उद्देश्य र यसअन्तर्गत सञ्चालित गतिविधिहरूबारे जानकारी गराउँदै यसले सामाजिक चेतना जगाउने काम गर्ने बताए।
विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले सामाजिक उत्तरदायित्व पूरा गर्दै समुदायसँगको सम्बन्ध थप बलियो बनाउन यस्ता अभियानहरू प्रभावकारी हुने बताए। “हामी समाजका लागि काम गर्न निरन्तर लागिरहन्छौं,” अध्यक्ष दाहालले भने, “यसले युवाहरूलाई पनि प्रेरित गर्छ।”
कार्यक्रममा स्थानीयवासी, स्वयंसेवक, समाजसेवी तथा जेसीज सदस्यहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
View : 647
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved