Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

-
अखवारका कुरा
२३ भदौ २०८२, सोमवार

Advertisement

मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

सोमबार जारी गरिएको विज्ञप्तिमा हस्पिटलले आन्दोलनका क्रममा घाइते भएका सर्वसाधारणलाई सामाजिक उत्तरदायित्वअनुसार सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।

हस्पिटलले आकस्मिक अवस्थाको व्यवस्थापनका लागि एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउने तयारी गरेको छ। साथै आपतकालीन चिकित्सा प्रतिनिधि (ERT) टोली, आघात उपचार सुविधा र अन्य आवश्यक स्रोतसाधनसहित आकस्मिक अवस्था व्यवस्थापन गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।

आपतकालीन अवस्थाका लागि ९७६१००२५३७, ९७६१००२५३२, ०२१-४२२६०१ र ०२१-४२३१८२ नम्बरमा सम्पर्क गर्न सकिने हस्पिटलले जनाएको छ।

विराट मेडिकलमा अत्याधुनिक इमर्जेन्सी विभागमार्फत १०० भन्दा बढी बेडसहित २४ सैँ घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको छ।

घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हस्पिटलले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न आह्वान गरेको छ।

View : 133

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved