Biratnagar, Morang, Nepal
देश

सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरणको भयो वार्ता

१० साउन २०८३, आइतवार

Advertisement

धनगढी । सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरणको वार्ता भएको छ । 

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच एक चरणमा छलफल भएपछि केसी पक्ष थप छलफलमा जुटेको छ । 

सो पक्ष अहिले डा. केसीसंगै परामर्श गरिरहेको छ । अनसनरत डा. केसीका सहयोगी डा. अमृत जैसीले वार्ता सकारात्मक भएपनि थप छलफल आवश्यक रहेको बताए । 

त्यसकालागि डा. केसीसंगै छलफल भईरहेको छ । केसी पक्षले आईसियुमै केसीलाई भेट गरिरहेका छन् । हालसम्म के के कुरामा छलफल भयो भन्ने विषय भने खुलाइएको छैन ।

 

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved