Biratnagar, Morang, Nepal
अर्थ

दसैंअघि टीभीएसको महा एक्सचेन्ज, पुरानो सवारी साट्दा १० लाखसम्म छुट

-
अखवारका कुरा
२१ असोज २०८३, बुधवार

Advertisement

विराटनगर : दसैंको पूर्वसन्ध्यामा पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ दुईपांग्रे सवारीसाधन चढ्न चाहने ग्राहकलाई लक्षित गर्दै विराटनगरमा टीभीएसको ‘अपग्रेडको महा एक्सचेन्ज’ आयोजना हुने भएको छ। जगदम्बा मोटर्सले असोज २१ देखि ३१ गतेसम्म मुनालपथस्थित पञ्जाबी पेट्रोल पम्पअगाडि एक्सचेन्ज आयोजना गर्न लागेको हो।

एक्सचेन्जमा पुरानो दुईपांग्रे सवारीसाधनको मूल्यांकन गरी नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटरसँग साट्न सकिनेछ। कम्पनीका अनुसार ग्राहकले खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक तथा ‘गोल्डेन की’ तथा १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट पाउनेछन्।

नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि ५ वर्षसम्म निःशुल्क सर्भिसको सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। एक्सचेन्जमा सहभागी ग्राहकलाई छिटो फाइनान्स तथा लाइसेन्स भएका ग्राहकका लागि सहज खरिद प्रक्रियाको व्यवस्था गरिएको छ।

दसैंको समयमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकको चाप बढ्ने भएकाले एक्सचेन्जमार्फत पुराना सवारीसाधनलाई नयाँ टीभीएससँग अपग्रेड गर्ने अवसर उपलब्ध गराइएको टिभिएस विराटनगर शोरुमका म्यानेजर गोबिन्द पोखरेलले जानकारी दिए । 

एक्सचेन्जसम्बन्धी थप जानकारीका लागि ९८०२७९३८०० र ९८०५३७७८८२ मा सम्पर्क गर्न सकिने पोखरेलको भनाइ छ ।

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved