Biratnagar, Morang, Nepal
+977-9708590006
सामाजिक सेवा

श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति मोरङको १३ औं वार्षिक साधारण सभा एवं ५ औं अधिवेशन सम्पन्न

२ असोज २०८१, बुधवार

Advertisement

श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति मोरङको १३ औं  वार्षिक साधारण सभा एवं ५ औं अधिवेशन , श्रीकृष्ण प्रणामि मन्दिर सलकपुर सुन्दर  हरैचा- विराटचौक मोरङमा  मुक्तिधाम इटहरीका कर्मठ शन्त  १०८ श्री कृष्णदासजी महाराजको प्रमुख आतिथ्यमा गुरु वन्दना सहित कार्यक्रमको समुद‌घाटन गरिएको थियो , विशिष्ट अतिथि सेवा समिति नेपालका उपाध्यक्ष शारदा प्र. थपलिया, सलकपुर मन्दिरका संचालक  मनोज मधुकर महाराज, केन्द्रिय सदस्य  तुलसी भट्टराई, पूर्ण प्र. ढकाल, राजु कडेल, हरि ढकाल रहनु भएको थियो ।

कार्यक्रममा मोरङ जिल्लामा रहेको १० वटा मन्दिर इकाई हरुको  उपस्थिति रहेको थियो, अन्य संस्था हरुमा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल. श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति नेपाल, लगायत  जिल्ला समिति एवं इकाईहरुको उपस्थिति रहेको थियो, कार्यक्रम मा श्री कृष्ण प्रणामी धर्म सम्प्रदायमा सामाजीक क्षेत्रमा काम गर्ने ५ जना महानुभावहरू लाई दोसल्ला  र सम्मानपत्रले  सम्मान गरिएको थियो ।

 लगातार ४० वर्ष वर्ष देखि अनवरत रुपमा सेवा गर्ने उद्धव रिजाल , महिला क्षेत्रमा काम गर्ने  गंगादेवि वास्तोला, धार्मिक एवं सामाजीक क्षेत्रमा काम गर्ने प्रेम प्रसाद दंगाल र सांगठनिक क्षेत्रमा सेवा पुर्याए वापत अनिल ढुङ्गाना  लाई सम्मानित गरिएको थियो।

'राजश्यामा' धार्मिक बुलेटिनको प्रमुख सम्पादक भएर २०६४ सालदेखि सेवा गरेवापत विराटनगर ३ का राजुप्रसाद भट्टराईलाई प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

 संस्थाले आगामि ३  वर्षको लागि ६ सदस्यीय कार्य समितिको समेत निर्विरोध चयन गरेको छ जसमा  अध्यक्ष- शरण भट्टराई, उपाध्यक्ष-कृष्ण प्रसाद ढकाल - सचिव - जनक ढकाल, कोषाध्यक्ष - गोपाल प्र. गजुरेल, सदस्य- गोमा अधिकारी, पदेन सदस्य - माधव भट्टराई (सुनिल) यूवा परिषद मोरङ ,देवि पौडेल - वाइजुराज संघ मोरङ र केन्द्रिय प्रतिनिधि श्याम कुमार आचार्य रहनु भएको छ ।  अन्य ५ जना सदस्य समितिले  भुगोलका  आधारमा चयन  गर्नेछ । कार्यक्रम को अध्यक्षता  श्याम कुमार आचार्यले गर्नु भएको थियो भने संचालन सचिव जनक ढकालले गर्नु भएको सेवा समितीका जिल्ला अध्यक्ष शरण भट्टराईले जानकारी दिनु भयो ।

View : 320

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved