Biratnagar, Morang, Nepal
अर्थ

नेपाली ब्राण्ड एल्लो हर्बल चौथो बर्षमा

एल्लो हर्बलको चौथो वार्षिक उत्सव सम्पन्न, स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड

-
अखवारका कुरा
१८ वैशाख २०८३, शुक्रवार

Advertisement

विराटनगरस्थित होटल ह्यारिसनमा एल्लो हर्बलको चौथो वार्षिक उत्सव बलिउड थिममा सम्पन्न भएको छ। चार वर्षको संस्थागत यात्रालाई उत्सवका रूपमा मनाइएको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न चर्चित कन्टेन्ट क्रीएटरहरूको उपस्थिति रहेको थियो। डिजिटल माध्यममार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई संस्थाले सम्मान गरेको जनाएको छ।

उत्सवलाई सहभागितामूलक बनाउन विभिन्न खेल, नृत्य तथा र्याम्प वाक जस्ता गतिविधिहरू आयोजना गरिएको थियो। सो क्रममा विभिन्न कन्टेन्ट क्रीएटर, एल्लो हर्बलका अफिस टिम, कन्टेन्ट टिम तथा फ्याक्ट्री टिमबीच विधागत प्रतिस्पर्धा गराइएको थियो, जसमा उत्कृष्ट हुनेहरूलाई नगदसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। 

बलिउड थिमअनुसारको प्रस्तुति, संगीत र पहिरनले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

कार्यक्रमका क्रममा संस्थाका सञ्चालक गोपाल काफ्लेले स्वदेशी उत्पादनको प्रवर्द्धन र देशमै बसेर उद्यमशीलता विकास गर्नुपर्ने आवश्यकता औंल्याए। “स्वदेशमै सम्भावना खोज्ने र सिर्जना गर्ने संस्कार विकास गर्न सके मात्र आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ,” उनले भने।

एल्लो हर्बलले प्राकृतिक जडीबुटीमा आधारित सौन्दर्य तथा स्वास्थ्य सामग्री उत्पादन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै विश्वब्यापीरुपमा  बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

View : 103

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved