Biratnagar, Morang, Nepal
देश

भदौ २३ जनताको विश्वासमाथि घात भएको दिन हो : मन्त्री गौतम

-
अखवारका कुरा
२३ भदौ २०८३, मङ्गलवार

Advertisement

साथ दिनुपर्ने बताउँदै गौतमले सहिदहरूका विचार र योगदान दीर्घकालसम्म जीवित रहने उल्लेख गरिन् ।

 

‘मानिस जन्मिन्छ, जन्मेपछि एक दिन सबैले धर्ती छोडेर जानुपर्छ । ढिलो–चाँडोको कुरा मात्रै हो । तर जो सहिद भएर जानुभयो, अमर भएर जानुभयो । सबै मानिसले अमर हुने त्यो सौभाग्य पाउँदैनन्,’ उनले भनिन् ।

 

जेनजी आन्दोलनपछि घटनाबारे विभिन्न व्यक्तिका आ–आफ्ना विचार र धारणा भए पनि भदौ २३ गते र २४ गतेका घटनालाई एउटै आँखाले हेर्न नहुने उनले बताइन् ।

 

उनका अनुसार भदौ २३ गते युवाहरू कसैको कुर्सी खोस्न नभई आफ्ना आवाज सरकारसम्म पुर्याउन र सरकारले आफ्ना माग सुन्छ भन्ने विश्वासका साथ सडकमा आएका थिए ।

 

‘जनताको विश्वासमाथि घात भएको दिन हो भदौ २३ । त्यसकारण २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्नु हुँदैन । २३ गते हाम्रा युवाहरू रेटिएका हुन्, मरेका हुन्, गोली हानिएको हो,’ उनले भनिन् । 

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved