Biratnagar, Morang, Nepal
अर्थ

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

-
अखवारका कुरा
२८ जेठ २०८३, बिहिवार

Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार १०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।  

 

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved