Biratnagar, Morang, Nepal
अर्थ

विराटनगरमा यामाहाको माइलेज च्यालेन्ज सम्पन्न

-
अखवारका कुरा
२७ वैशाख २०८३, आइतवार

Advertisement


विराटनगर- यमाहाले आयोजना गरेको ‘रे जेडआर १२५ एफआई हाइब्रिड माइलेज च्यालेन्ज’ विराटनगरमा सम्पन्न भएको छ । स्कुटरको वास्तविक इन्धन बचत क्षमता परीक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीहरूले उत्कृष्ट माइलेज निकाल्दै प्रतिस्पर्धालाई रोचक बनाएका थिए ।

प्रतियोगितामा स्वाती देवले प्रतिलिटर ८७.१३ किलोमिटर माइलेज निकाल्दै पहिलो स्थान हासिल गरिन् । उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै सर्वाधिक माइलेज निकाल्न सफल भएकी हुन् । त्यसैगरी मालिना मण्डलले प्रतिलिटर ७७.७४ किलोमिटर माइलेज निकाल्दै दोस्रो स्थान प्राप्त गरिन् भने सुजन खतिवडाले ७५.७५ किलोमिटर प्रतिलिटर माइलेज निकालेर तेस्रो स्थान हात पारे ।
कार्यक्रममा सहभागीहरूले स्कुटर चलाएर यसको इन्धन खपत, सडकमा दिने प्रदर्शन तथा हाइब्रिड प्रविधिको अनुभव गरेका थिए । प्रतियोगितामा विभिन्न उमेर समूहका सहभागीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
कम्पनीका अनुसार ‘रे जेडआर १२५ एफआई हाइब्रिड’ मा प्रयोग गरिएको आधुनिक हाइब्रिड प्रविधिले कम इन्धनमा बढी दूरी तय गर्न सहयोग पुर्‍याउनेछ । स्कुटर हलुका तौल, आकर्षक डिजाइन र उच्च माइलेजका कारण युवामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।
नेपालमा पछिल्लो समय इन्धनको मूल्य निरन्तर बढिरहेका बेला माइलेजलाई प्राथमिकतामा राख्ने उपभोक्ताको संख्या बढ्दो छ । यही अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई स्कुटरको वास्तविक माइलेज अनुभव गराउने उद्देश्यले माइलेज च्यालेन्ज आयोजना गरिएको कम्पनीले जनाएको छ ।
प्रतियोगितापछि विजेताहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा सहभागीहरूले स्कुटरको माइलेज र सहज राइडिङ अनुभवप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । यामाहाको आधिकारिक विक्रेता तिरुपती अटो प्यालेस विराटनगरका सञ्चालक नयन पराजुलीले कार्यक्रमले ग्राहकलाई स्कुटरको वास्तविक माइलेज अनुभव गर्ने अवसर प्रदान गरेको जानकारी दिए ।

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved