विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामामेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२०क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा विराटनगरहवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेकोे सिरहालेनिर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए ।
विराटनगरकाअभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए । १ सय ११ रनको लक्ष्य पाएको विराटनगरले१८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो ।
विराटनगरका मनिष कामतले २५ रन बनाउँदा क्षितिज करण १६ रनको योगदान गरे । सिरहाका आयुषविकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।
बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरीर उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए ।
राउण्डरोविनलिगको आधारमा खेलाएकोे प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारस खडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेकश्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।
View : 45
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved