विराटनगर: विराटनगरको सबैभन्दा पुरानो तथा ऐतिहासिक धार्मिक आस्थाको केन्द्र मानिने ठाकुवाडी रोडस्थित रामजानकी मन्दिरको सञ्चालक समितिको अध्यक्षमा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रुपेश कोइराला सर्वसम्मत निर्वाचित भएका छन्।
रामजानकी मन्दिर संरक्षक मण्डलका अध्यक्ष गणेशप्रसाद राठीको अध्यक्षतामा शनिबार सम्पन्न निर्वाचनबाट कोइरालाको नेतृत्वमा आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको हो।
निर्वाचनअनुसार समितिको उपाध्यक्षमा अजय राठी, महासचिवमा श्रीप्रकाश तोतला, सचिवमा हेमन्त मारु र कोषाध्यक्षमा केदार सारडा निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा आनन्द राठी, बालकिसन धुत, नरेश राठी, मनोज तापडिया, संजयकुमार सोमानी, रामेशकुमार लखोटिया, प्रदीप अग्रवाल, अमिताभ महेश्वरी, सुनिल लोढा र रामलाल तापडिया सर्वसम्मत चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक–सांस्कृतिक गतिविधिलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।
यसअघि मन्दिर सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पवनकुमार अटलले सम्हाल्दै आएका थिए। नवगठित कार्यसमितिले आगामी कार्यकालमा मन्दिरको भौतिक पूर्वाधार विकास, धार्मिक गतिविधिको विस्तार तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
View : 33
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved