Biratnagar, Morang, Nepal
पर्यटन

मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य

-
अखवारका कुरा
३ असार २०८३, बुधवार

Advertisement

काठमाडौं । हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा यतिबेला पर्यटकको उल्लेखनीय भीड देखिएको छ।

विशेषगरी भारतमा गर्मी बढेसँगै मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार हाल दैनिक सरदर तीन हजार भारतीय पर्यटक मुस्ताङ भित्रिने गरेका छन्।

भारतीय पर्यटकको बढ्दो आगमनले मुक्तिनाथ क्षेत्रको पर्यटन गतिविधिमा थप चहलपहल ल्याएको छ ।

पर्यटकको संख्या बढेसँगै होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसाय पनि चलायमान बनेका छन्। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको आगमनले मुस्ताङको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको छ। 

तस्विर ः केदार सिङ थापा , जोमसोम

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved