Biratnagar, Morang, Nepal
स्थानीय तह

१५ औं प्याब्सन स्पोर्ट्स मिट :उपाधिका लागि मोर्डन एरा र बालमिकी भिड्ने

-
अखवारका कुरा
१८ मंसिर २०८२, बिहिवार

Advertisement


विराटनगर । १५औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरको मोर्डन एरा स्कुल र बालमिकी स्कुलबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।  बिहीबार सम्पन्न सेमिफाइनल खेलहरूमा जित निकाल्दै मोर्डन एरा स्कुल र बालमिकी स्कुलले उपाधिका लागि भेट पक्का गरेका हुन् ।
विराटनगरस्थित सहिद मैदानमा  भएको पहिलो सेमिफाइनल खेलमा  मोर्डन एरा स्कुलले ब्राइट फ्युचर स्कुललाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको हो । टाइब्रेकरमा मोर्डन एराका तर्फबाट बिपि राजवंशी, सुजल कुमार श्रेष्ठ र प्रेम शेर्पाले समान १–१ गोल गरे । यता पराजित ब्राइट फ्युचरका तर्फबाट सुरज विश्वकर्मा र सुशन दर्जीले १–१ गोल गरे पनि टोलीलाई जिताउन सकेनन् । उक्त खेलको ‘म्यान अफ द म्याच’ मोर्डन एरा स्कुलका गोलकिपर डिग विजय बस्नेत घोषित भए ।

त्यस्तै, बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा बालमिकी स्कुलले हरैचा मोडल स्कुललाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको छ । बालमिकीको जितका लागि विवेक मगरले गरेको गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको फाइनल प्याब्सन स्पोर्टस मिटको समापनको दिन आइतबार हुने फुटबलको संयोजक हिरा थापाले जानकारी दिए ।

View : 71

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved