नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको र पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने भएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबार छ भने मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ
यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार कागतिहार पनि बुधबार नै मनाउनुपर्ने तथा आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइनुपर्ने समितीले जनाएको छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार परेको छ भने कात्तिक १६ गते शुक्रबार औँशी परेको र त्यस दिन तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ हुने दिन रहेको छ भने कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समिति द्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
View : 113
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved