विराटनगर : लायन्स क्लब अफ विराटनगर र लियो परिवारले आवश्यकतामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै साप्ताहिक खाद्य सहयोग अभियान सुरु गरेका छन्।
‘लायन्स फ्यामिली फुड प्याकेज वितरण’ नाम दिइएको अभियानअन्तर्गत प्रत्येक हप्ता पाँच जना विपन्न तथा आवश्यकतामा रहेका व्यक्ति वा परिवारलाई खाद्य सामग्री उपलब्ध गराइने क्लबले जनाएको छ।
अभियानको पहिलो चरणमा पाँच जना लाभग्राहीलाई विराटनगरस्थित जय नेपाल होटल म्यानेजमेन्टको कार्यालयमा आमन्त्रण गरी खाद्य प्याकेज हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ विराटनगरका पूर्वअध्यक्ष, वर्तमान पदाधिकारी तथा सदस्यहरूका साथै विभिन्न लियो क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार समुदायमा वास्तविक आवश्यकता भएका व्यक्ति तथा परिवारको पहिचान गरी नियमित रूपमा खाद्य सहयोग उपलब्ध गराइनेछ। अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
लायन्सको ‘वी सर्भ (We Serve)’ भन्ने मूल भावनाअनुसार समुदाय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
View : 102
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved