विराटनगरमा यामाहाका नयाँ मोडेल सार्वजनिक
स्टाइल, परफर्मेन्स र इनोभेसनका प्रतीकका रूपमा चिनिने यामाहा ब्रान्डले विराटनगरमा दुई नयाँ आकर्षक मोडेल MT-15 V2 र FZ-S V3 DLX सार्वजनिक गरेको छ। यामाहा नेपालको अधिकृत बिक्रेता तिरुपति अटो प्यालेस प्रा.लि.ले विशेष समारोहको आयोजना गर्दै नयाँ मोटरसाइकल मोडेल बजारमा ल्याएको हो।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडाल, संस्थाका अध्यक्ष इश्वरी प्रसाद पराजुलीले नयाँ भेरियनटका मोटरसाइकल सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा विभिन्न व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति थियो।
कम्पनीका अनुसार MT-15 V2 मा नयाँ रंग Ice Storm र Vivid Violet Metallic उपलब्ध छन् भने FZ-S V3 DLX मा Fluo Vermillion रंगसहित नयाँ स्टाइलिश डिजाइन थपिएको छ। यी मोडेल विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै प्रस्तुत गरिएको जनाइएको छ।
तिरुपति अटो प्यालेसका कार्यकारी निर्देशक नयन पराजुलीले यामाहाको नयाँ मोडेलले पूर्वी नेपालका ग्राहकले नयाँ अनुभव पाउने विश्वास व्यक्त गरे। “गुणस्तरीय सेवा र उत्कृष्ट उत्पादनमार्फत नेपाली युवालाई मोटरसाइकल यात्रा अनुभवमा नयाँ आयाम दिने हाम्रो उद्देश्य हो,” उनले भने।
कम्पनीले स्टाइल र राइडिङको जोशलाई एकैसाथ बोकेका यी मोटरसाइकलहरूले बजारमा ग्राहकको आकर्षण पाउने विश्वास व्यक्त गरेको छ।
View : 143
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved