विराटनगर, साउन १५ – कानुनी शिक्षामा व्यवहारिक अभ्यासलाई प्रोत्साहन गर्न ब्राइट भिजन ल कलेज, विराटनगरमा कोशी प्रदेशकै पहिलो मुट कोर्ट (नमूना अदालत) प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा कलेजमा  अध्ययनरत ७२ विद्यार्थी १८ समूहमा विभाजित भएर काल्पनिक मुद्दामाथि बहस गरेका थिए।
प्रतियोगिताको फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल र मनिष सिग्देलको टोली विजेता बन्यो। त्यस्तै, रञ्जना घिमिरे, कृतिका ढकाल, अनुशा आचार्य र अमृता कटुवाल दोस्रो, तथा अविशा निरौला, आयुशा राई, प्रश्रित ढकाल र प्रविण सापकोटा तेस्रो स्थानमा रहे।
फाइनलको निर्णायक मण्डलमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शन्तिराम भण्डारी रहनुभएको थियो। प्रतियोगिताको प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले विद्यार्थीको प्रस्तुतिबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै भन्नुभयो, “यो नमूना अदालत भए पनि वास्तविक इजलास जस्तै लाग्यो। प्रतिस्पर्धीहरु स्थापित कानुन व्यवसायी झैँ देखिन्थे।”
कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले प्रतियोगिताको उद्देश्य विद्यार्थीमा व्यवहारिक कानुनी ज्ञान, आत्मविश्वास, तर्कशक्ति र अनुसन्धान क्षमता विकास गर्नु रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मुट कोर्टले विद्यार्थीलाई भावी दक्ष अधिवक्ता बन्ने बाटो खोल्दछ।”
जिल्ला अदालतदेखि उच्च अदालतका न्यायाधीश र वरिष्ठ अधिवक्ताहरूको उपस्थिति रहेको प्रतियोगिता ऐतिहासिक भएको सहभागी विद्यार्थी आयुशा राईले बताइन ।
कानून शिक्षा क्षेत्रमा यो प्रयास भविष्यका कानुन व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।
View : 482
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved