Biratnagar, Morang, Nepal
शिक्षा

४ जीपीए ल्याउने विद्यार्थीको रोजाइमा मार्टर्स मेमोरियल कलेज

-
अखवारका कुरा
३१ वैशाख २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगरमा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको मार्टर्स मेमोरियल कलेज एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको रोजाइमा पर्न थालेको छ ।
विराटनगरस्थित नीलसदन दक्षिणमा अत्याधुनिक पूर्वाधारसहित सञ्चालनमा रहेको कलेजमा एसईईमा ४ जीपीए ल्याएका तीन विद्यार्थीले भर्ना भएर अध्ययन सुरु गरेका छन् । कलेजका अनुसार नारायण लुइँटेल, नितेश यादव र आदर्श घिमिरेले उच्च शिक्षाका लागि मार्टर्स मेमोरियल कलेज रोजेका हुन् ।
नारायण लुइँटेलले मोरङको ग्रामथान गाउँपालिका–२ स्थित शारदा सेकेन्डरी स्कुलबाट एसईई दिएका थिए । त्यसैगरी नितेश यादवले विराटनगरको मोर्डन एरा स्कुल तथा आदर्श घिमिरेले विराटनगर–४ जामुनगाछीस्थित मदरल्याण्ड एकेडेमीबाट एसईई उत्तीर्ण गरेका हुन् ।
कलेजले बिहीबार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले आफूहरूले कलेज रोज्नुको कारण खुलाएका थिए । कार्यक्रममा बोल्दै नारायण लुइँटेलले अनुभवी शिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त हुने विश्वासका कारण आफूले मार्टर्स मेमोरियल रोजेको बताए ।
अर्का विद्यार्थी नितेश यादवले अत्याधुनिक भौतिक पूर्वाधार, अनुशासित वातावरण र भयरहित पठनपाठन प्रणालीले आफूलाई आकर्षित गरेको उल्लेख गरे ।
कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताए ।

View : 308

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved