भेट्रान्स फुटसल
बिराट स्पोर्ट्स जोनमा आयोजित प्रथम संस्करण भेट्रान्स फुटसल प्रतियोगिता मा बिराट मेघाले उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बिराट मेघाले मिल्स भेट्रान्स लाई २-० गोल अन्तरले पराजित गरेको हो।
फाइनल खेलमा बिराट मेघाका सुरेश कुमार चौधरी नायक बने। उनले दुवै गोल गर्दै टोलीलाई उपाधि दिलाए। उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत बनेका छन्, कुल ६ गोल गरेका छन्।
प्रतियोगितामा मिल्स भेट्रान्स उप-विजेता बनेको छ भने युनाईटेड ब्ल्यु, कुलिफेंग, युनाईटेड रेड तथा बिराट स्पोर्ट्स जोनका टोलीहरूको सहभागिता रहेको थियो।
व्यक्तिगत विधातर्फ बिराट मेघाका देवी खनाल उत्कृष्ट गोलरक्षक घोषित भए भने मिल्स भेट्रान्सका रानु राना मगर उत्कृष्ट खेलाडी (Player of the Tournament) घोषित भए।
आयोजक बिराट स्पोर्ट्स जोन का अध्यक्ष हरि बजगाईले प्रतियोगिता सफल भएको बताउँदै भने,“भेट्रान्स खेलाडीहरूबीच आपसी मित्रता, फिटनेस र खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहिलो संस्करण प्रतियोगिता आयोजना गरिएको हो। आगामी दिनमा अझ व्यवस्थित र ठूलो स्तरमा प्रतियोगिता गर्ने योजना छ।”
प्रतियोगितामा विजेता टोलीले रु. ११,००० तथा उप–विजेताले रु. ५,५०० प्राप्त गरेका छन्।
व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई Sajilo Gym द्वारा १ महिनाको निःशुल्क सदस्यता प्रदान गरिएको छ भने सर्वाधिक गोलकर्ता सुरेश कुमार चौधरीलाई ६ महिनाको निःशुल्क जिम सदस्यता प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजक बिराट स्पोर्ट्स जोनका अनुसार पहिलो संस्करणको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ भने आगामी दिनमा यस्ता प्रतियोगिताहरु लाई निरन्तरता दिइने छ ।
View : 136
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved