विराटनगर — नेपाल रेडियोलोजिकल सोसाइटी, कोशी प्रदेशले विराटनगरमा आयोजित विशेष समारोहमार्फत नयाँ प्रदेश समिति विस्तार गरेको छ। सो अवसरमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्रसहित स्वागत गरिएको थियो।
नवगठित समितिको अध्यक्षमा गणेश बजगाइ निर्वाचित भएका छन्। उपाध्यक्षमा शिव शंकर मण्डल र तिर्थ प्रसाद यादव चयन भएका छन्। त्यस्तै धन बहादुर मगराती महासचिव, नवल साह सचिव, विकास भगत कोषाध्यक्ष र सदस्यहरूमा उषा खत्री, अशोक यादव, मिथलेस मण्डल, भावना खत्री र मुकेश सिंह रहेका छन्।
थप जानकारी दिदै उपाध्यक्ष शिव शंकर मण्डलले प्रदेशस्तरमा रेडियोलोजिकल सेवाको पहुँच विस्तार, सदस्यबीचको एकता र स्वास्थ्य सेवाको गुणस्तरीयता अभिवृद्धि आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता हुने बताए। उनले रेडियोलोजी सेवाबारे जनस्तरमा चेतना फैलाउन सोसाइटीले अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सोसाइटीका पदाधिकारीहरूले रेडियोलोजिकल सेवा स्वास्थ्य प्रणालीको अभिन्न हिस्सा भएकाले यसलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक नीति–नियममा सुझावसहित सक्रिय भूमिका खेल्ने बताएका छन्। कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला तथा सोसाइटीका सदस्यहरूको उपस्थिति रहेको थियो।
नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोलोजिस्टहरूको पेशागत अधिकार संरक्षण, वैज्ञानिक अनुसन्धान प्रवर्द्धन र जनस्वास्थ्यमा गुणस्तरीय सेवा प्रवाहका लागि निरन्तर काम गर्दै आएको छ। प्रदेशस्तरीय संरचना विस्तारसँगै सोसाइटीले कोशी प्रदेशमा पनि आफ्नो गतिविधि थप प्रभावकारी हुने विश्वास गरिएको छ।
View : 946
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved