राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको २८ औँ वार्षिक साधारणसभा बिराटनगरमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष जीवन काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०८२ ,८३ मा कुल ८० करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिनु भयो।
सो अवधिमा संस्थाले चार करोड ६० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । संस्थाको आर्थिक स्थिति मजबुत रहेको उल्लेख गर्दै अध्यक्ष काफ्लेले संस्थाको कुल सम्पत्ति तथा दायित्व ६१ करोड ९५ लाख ३५ हजार रुपैयाँ पुगेको बताउदै संस्थाको सञ्चालन बचत १८ लाख ५८ हजार रुपैयाँ रहेको बताउनु भयो । कुल निक्षेप संकलन ४८ करोड ६३ लाख २५ हजार २७० रुपैयाँ पुगेको साधारण सभाको अबसरमा जानकारी दिइएको थियो ।
यसैगरी, असार मसान्तसम्ममा संस्थाको ऋण लगानी ३२ करोड ६७ लाख ८७ हजार ४६२ रुपैयाँ रहेको छ भने संस्थाले राज्यको कर प्रणालीमा उल्लेखनीय योगदान पुर्याउँदै विभिन्न शीर्षकमा ५२ लाख ७६ हजार ९४६ रुपैयाँ राजस्व दाखिला गरेको पनि साधारण सभाका अबसरमा जानकारी गराइइको थियो । हाल संस्थामा १ हजार ९०५ जना शेयर सदस्य आबद्ध रहेकोमा महिला सदस्यको संख्या ८५२ रहेको छ। साधारण सभाका अवसरमा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न चारवटा विधाका पुरस्कार वितरण गरेको छ ।
सहकारीको कार्य तथा प्रवर्धनका साथै समाजमा विशिष्ट योगदान योगदान पुर्याउने यसोदा अधिकारी, गोमा नेपाल,हेमसागर पोखरेल र केशव पोखरेललाई नगद, सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, संस्थाका ज्येष्ठ शेयर सदस्यहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको सचिव ओम सुेिदीले जानकारी दनिु भयो । सचिव सुवेदीका अनुसार संस्थाले शेयर सदस्यका सन्ततीलाई हौसला प्रदान गर्न शैक्षिक सम्मान समेत गरेको बताउनु भयो ।
शेयर सदस्यको आर्थिक सामाजिक र साँस्कृतिक सुरक्षा प्रदान गर्न संस्था अग्ररसर रहेको पनि सुवेदीले जानकारी दिनु भयो ।
कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सहकारीहरूले समुदायको आर्थिक उत्थान र वित्तीय अनुशासनमा जोड दिनुपर्ने बताउँदै राष्ट्रसेवक सहकारीले हासिल गरेको वित्तीय प्रगति र पारदर्शिताको प्रशंसा गर्नु भएको थियो ।
View : 26
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved