Biratnagar, Morang, Nepal
राजनीति

धनुषा ३ मा रास्वपाको अग्रता

-
अखवारका कुरा
२२ फागुन २०८२, शुक्रवार

Advertisement

धनुषा। प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।

धनुषाको क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले फराकिलो मतले रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४३२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १५३८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ७४३ मत प्राप्त गरेका छन् ।

View : 45

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved