विराटनगर - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल तरुण दल मोरङका जिल्ला सभापति प्रभाकर थापाद्वारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा तरुण परिचालन तथा प्रचार–प्रसार समितिको संयोजकमा सन्तोष महत (सेन्ट्रो) लाई जिम्मेवारी प्रदान गरिएको छ।
सभापति थापाद्वारा जारी औपचारिक पत्रमा नेपाली कांग्रेस का उम्मेदवार गुरुराज घिमिरे लाई विजय गराउने स्पष्ट लक्ष्यसहित क्षेत्रभित्रका तरुणहरुलाई संगठित, सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न महतलाई जिम्मेवारी दिइएको उल्लेख छ।
घरदैलो अभियान, टोलस्तरीय भेटघाट, जनसम्पर्क तथा प्रचार–प्रसारलाई तीव्रता दिँदै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति तय गरिएको तरुण दलले जनाएको छ।
संयोजक महतले जिम्मेवारीलाई चुनौती र अवसर दुवैका रूपमा लिँदै भने, “सभापतिज्यूले गरेको विश्वासलाई परिणाममा बदल्नेछौं। फागुन २१ मा गुरुराज घिमिरेको विजय सुनिश्चित गर्न तरुण शक्ति एकढिक्का भएर मैदानमा उत्रिन्छ।”
तरुण दल मोरङले महतको नेतृत्वमा निर्वाचन क्षेत्र नम्बर ४ मा युवा परिचालन निर्णायक बन्ने विश्वास व्यक्त गरेको छ।
View : 295
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved