ब्लड एप सर्भे
लियो जिल्ला परिषद् ३२५ 'C' र समृद्ध युवा समाज नेपालको अगुवाइमा रगत अभावको समस्या समाधान गर्न "ब्लड एप" निर्माणको उद्देश्यले ब्लड डाटा सर्वे तथा ब्लड ग्रुपिङ कार्यक्रम सुरु गरिएको छ।
कार्यक्रमको पहिलो दिन विराटनगरस्थित बाइट भिजन ल कलेज र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न भएको थियो। कार्यक्रम लियो क्लब अफ विराटनगर सेन्ट्रल, सेन्ट्रल मेघा, सेन्ट्रल सताब्दी र लियो क्लब अफ विराटनगर युनिकको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै लियो जिल्ला परिषद् ३२५ 'C' का उपाध्यक्ष तथा एप संयोजक लियो प्रवेश बस्ताकोटीले बताए, "यस अभियानबाट संकलित रगत दाताको विवरण डिजिटल एपमा समावेश गरिनेछ, जसले आपतकालीन अवस्थामा आवश्यक रगत छिटो उपलब्ध गराउन मद्दत पुर्याउनेछ।"
उनले थप जानकारी दिँदै भने, "यो कार्यक्रम आगामी १० दिनसम्म कोशी प्रदेशका विभिन्न सहरी पालिकाहरूमा संचालन गरिनेछ, विशेषगरी ती पालिकाहरूमा जहाँ रगतको आवश्यकता बढी देखिन्छ। कार्यक्रम पश्चात एप सार्वजनिक गरिनेछ।"
उक्त कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ 'C' का अध्यक्ष लियो लायन शिवशंकर मण्डलको विशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रम कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्य तथा सहयोगमा संचालन गरिएको हो।
यो कार्यक्रमले डिजिटल स्वास्थ्य सेवाको विकासमा एक महत्वपूर्ण कदमको रुपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
View : 1624
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved