विराटनगरमा अन्तर-कलेज हाजिरीजवाफ सिजन २
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता - सिजन २ आयोजना हुने भएको छ। पहिलो सिजनको सफलतापछि यस वर्ष अझ व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा दोस्रो संस्करण गर्न लागिएको आयोजकले जानकारी दिएकोछ।
विद्यार्थीमा शैक्षिक उत्कृष्टता, तार्किक सोच र समूहगत कार्यदक्षता विकास गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा ११ वटा कलेजका १२ वटा समूह सहभागी हुनेछन्। सहभागी कलेजमध्ये ३ वटा सरकारी र ९ वटा निजी रहेका छन्। प्रत्येक समूहमा ३ जना विद्यार्थी रहनेछन्।
कार्यक्रमको मुख्य प्रायोजक ओली एण्ड एसोसिएट्स, विराटनगर रहेको छ भने ३जिरो संस्थासँगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
अन्तर-कलेज हाजिरीजवाफ प्रतियोगिता - सिजन २ माघ २७ गते (मंगलबार) होटल स्वागतम्, रोडशेष, विराटनगरमा आयोजना हुनेछ। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १६ हजार ५५० रुपैयाँ, द्वितीयलाई ११ हजार ५५० रुपैयाँ र तृतीय हुने समूहलाई ५ हजार ५५० रुपैयाँसहित प्रमाणपत्र, मेडल, शिल्ड तथा गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।
View : 113
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved