Biratnagar, Morang, Nepal
बिदेश

चीनको निङ्बोमा “लुबान वर्कशप” सेमिनारमा विराटनगरकि श्रुतिको सहभागिता

-
अखवारका कुरा
१८ असार २०८२, बिहिवार

Advertisement


निङ्बो, चीन –
चिनको निङबो सहरमा नेपाल-चीन कार्यकारी परिषद् (NCC) को सक्रिय पहलमा तथा चीनको वाणिज्य मन्त्रालयको सहयोगमा “लुबान वर्कशप” सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार विराटनगर बाट युवा उधमि एवं महिका नेतृ श्रुति शर्माले सहभागिता जनाएकि छिन । 

निङ्बो पोलिटेक्निकको निमन्त्रणामा आयोजित सातदिने सेमिनारमा नेपालसहित पाँच वटा देशका शिक्षा प्रशासकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षाको चिनियाँ मोडेल ‘लुबान वर्कशप’ को अवधारणा, कार्यान्वयन प्रक्रिया, प्रयोगात्मक तालिम विधि, प्रविधिको उपयोग, र विद्यार्थी केन्द्रित सिकाइ पद्धति विषयमा गहन छलफल गरिएको थियो। 

सेमिनारका क्रममा सहभागी राष्ट्रबीच शैक्षिक सहकार्य, ज्ञान आदानप्रदान र भविष्यमा संयुक्त तालिम तथा कार्यक्रमहरू सञ्चालनको सम्भावनाका विषयमा समेत छलफल भएको थियो। 

नेपालबाट सहभागिता जनाएका टोलीकी प्रतिनिधि शर्माले यस कार्यक्रमले नेपालको प्राविधिक शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासको सन्देश ल्याउने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, “चीनको लुबान वर्कशपको अवधारणा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक र रोजगारमुखी बनाउन सहयोगी बन्न सक्छ। यस्तो कार्यशालाले युवाहरुलाई दक्ष बनाउने दिशामा योगदान पुर्‍याउँछ।” 

नेपाल-चीन कार्यकारी परिषद्ले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली प्रतिनिधिहरूको सहभागिता बढाएर शिक्षा क्षेत्रलाई विश्वस्तरको बनाउन आफ्नो पहल निरन्तर रहने जनाएको छ।

View : 165

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved