गर्भको गर्व
विराटनगर, २०८१ बैशाख १४ – चर्चित स्त्रीरोग विशेषज्ञ तथा लेखक डा. बालकृष्ण साहद्वारा लिखित ‘गर्भको गर्व’ पुस्तकको दोस्रो संस्करण बैशाख १४ गते विराटनगरमा एक विशेष समारोहमार्फत सार्वजनिक गरिने भएको छ।
डाक्टर साहको जन्म दिनको अवसर पारेर उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।
गर्भावस्था, महिला स्वास्थ्य, र मातृत्वसँग सम्बन्धित विषयवस्तुलाई वैज्ञानिक र सरस भाषामा प्रस्तुत गरिएको यस पुस्तकले पहिलो संस्करणमै उल्लेखनीय पाठक आकर्षण प्राप्त गरिसकेको छ। पुस्तकले नेपाली समाजमा महिला स्वास्थ्यप्रति आवश्यक चेतना र संवेदनशीलता अभिवृद्धिमा सकारात्मक योगदान पुर्याएको विश्वास लिइन्छ।
पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम नेपाल चिकित्सक संघ, कोशी शाखा कार्यालय विराटनगरको सभाहलमा आयोजना हुने छ।
विमोचन कार्यक्रममा चिकित्सक, लेखक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। कार्यक्रममा लेखक डा. साहले पुस्तकको उद्देश्य, सन्देश तथा तयारी प्रक्रिया बारे विशेष धारणा राख्नेछन्।
कार्यक्रम विवरण:
मिति: २०८१ बैशाख १४ गते, आइतबार
समय: बिहान ८:३० बजे
स्थान: नेपाल चिकित्सक संघ, कोशी शाखा कार्यालय, विराटनगर
साहित्य र स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने यो अवसरमा सबै स्वास्थ्यप्रेमी, पाठक र सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन निमन्त्रणा गरिएको डाक्टर साहले जानकारी दिए ।
View : 139
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved