बैंकक (थाइल्याण्ड) — थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न Thailand Open Karate Championship 2025 मा नेपालका आशिष हरिजनले कास्य पदक जितेका छन्। विराटनगरका १४ वर्षीय हरिजनले अन्डर–१४ को ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पदक आफ्नो पोल्टामा पारेका हुन्।
हरिजनको जितसँगै प्रतियोगितामा सहभागी नेपाली टोलीका लागि यो सुखद शुरुवात बनेको छ। कोच दिगम्बर प्रसाद पन्तका अनुसार हरिजनले उत्कृष्ट कौशल र आत्मविश्वाससहित प्रतिस्पर्धा गरेका थिए।
“लगातारको कडा अभ्यास र दृढ इच्छाशक्तिले आशिषले यो सफलता हात पारे,” कोच पन्तले भने।
प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको छ। टोली व्यवस्थापक राहुल सहनीका अनुसार खेलाडीहरूले पहिलो चरणमा सन्तोषजनक प्रदर्शन गरिरहेका छन्।
कराते जस्तो प्रतिस्पर्धात्मक खेलमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको उपस्थिति र पदक जितले खेलकुद क्षेत्रमा थप उत्साह र प्रेरणा थपिएको छ। आशिषको जितसँगै कराते क्षेत्रमा लागेका बालक खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता सम्भव हुने विश्वास थप बलियो बनेको छ।
View : 238
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved