Biratnagar, Morang, Nepal
शिक्षा

विज्ञान शिक्षालाई अनुसन्धानसँग जोड्ने उद्देश्यसहित विराटनगरमा ‘एएसआरओ’ को नयाँ कार्यालय स्थापना

-
अखवारका कुरा
३१ वैशाख २०८३, बिहिवार

Advertisement

विराटनगर । विज्ञान शिक्षालाई व्यवहारिक, प्रयोगात्मक तथा अनुसन्धानमुखी बनाउने उद्देश्यसहित Applied Science Research Organization (एएसआरओ) ले विराटनगर–४ मा आफ्नो नयाँ कार्यालय स्थापना गरेको छ। संस्थाको कार्यालय एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।
“Experience Science Beyond Theory” नारालाई आत्मसात् गर्दै स्थापना गरिएको संस्थाले विज्ञानलाई कक्षाकोठाको सैद्धान्तिक अध्ययनमा मात्र सीमित नराखी प्रयोग, अनुसन्धान र नवप्रवर्तनमार्फत सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले पछिल्लो समय विज्ञान शिक्षामा व्यवहारिक अभ्यास र अनुसन्धानको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूमा वैज्ञानिक सोच, विश्लेषण क्षमता तथा नवप्रवर्तनको संस्कार विकास गर्न एएसआरओले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए।
संस्थाका अनुसार आगामी दिनमा विद्यालय तथा कलेज तहका विद्यार्थीलाई लक्षित गर्दै विज्ञानसम्बन्धी प्रयोगात्मक प्रशिक्षण, अनुसन्धानमूलक परियोजना, कार्यशाला, विज्ञान प्रदर्शनी तथा शैक्षिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीको रुचि तथा सहभागिता बढाउने लक्ष्यसहित स्थापना गरिएको संस्थाले स्थानीय तहमा अनुसन्धान संस्कृति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

View : 313

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved