Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

राष्ट्रिय जनस्वास्थ्य दिवस देशभरी विबिध कार्यक्रम आयोजना गरि मनाइँदै

-
अखवारका कुरा
१३ मंसिर २०८१, बिहिवार

Advertisement

 

बिराटनगर । 
जन स्वास्थकर्मीहरुको छाता सङ्गठन नेपाल  जनस्वास्थ्य संघ स्थापना दिवसको  अवसरमा नेपाल जन स्वास्थ्य संघले काठमाडौको त्रिपुरेश्वरमा यहि मंसिर २३ गते राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने भएको छ । 

साथै  ७ वटै प्रदेशमा यस  बर्ष बिभिन्न कार्यक्रमहरु आयोजना गरि यो दिवसलाइ भब्यताका साथ मनाउने बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि  आयोजकले जानकारी दिएको छ । 

मंसिर १४ देखि २० सम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम आयोजना हुने र १२५० भन्दा बढिको सहभागिता रह्ने अनुमान गरिएको कार्यक्रमले वर्तमान अवस्थामा प्रदेशको स्वास्थ अवस्था र आगामी रणनीतिका सन्दर्भमा हरेक प्रदेशमा मुख्यमन्त्री , सरोकारवाला मन्त्रालयका मन्त्री ,स्वास्थ्य सचिव,  स्वास्थ सग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाका प्रतिनिधि लगायत सगको समूह छलफल , सरोकारवाला निकाय सगको अन्तरक्रिया लगायतका कार्यक्रमबाट आएको निचोडलाई हरेक प्रदेशका संबंधित स्वास्थ मन्त्रालय तथा संघमा सङ्घिय स्वास्थ्य मन्त्रालयमा बुझाइने जानकारी नेपाल जनस्वास्थ्य संघका केन्द्रिय महासचिव कैलाश खाकी श्रेष्ठले जानकारी दिए । 

त्यस्तै कोशी प्रदेशमा मंसिर १४ गते शुक्रवार बृहत् भेला आयोजना गरि कोशी प्रदेश भरिका जनस्वास्थ्यकर्मीहरुको सहभागीतामा बिबिध कार्यक्रमको आयोजना हुने नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका अध्यक्ष ब्रजेश कुमार मेहेताले जानकारी दिए । 

View : 340

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved