Biratnagar, Morang, Nepal
शिक्षा

सेन्ट मेरिज स्कुल

सेन्ट मेरिज स्कुल विराटनगरमा अभिभावक–शिक्षक भेटघाट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेन्ट मेरिज स्कुल विराटनगरले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको अभिभावक–शिक्षक भेटघाट तथा अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
-
अखवारका कुरा
२१ वैशाख २०८२, आइतवार

Advertisement

सेन्ट मेरिज स्कुल विराटनगरले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको अभिभावक–शिक्षक भेटघाट तथा अभिमुखिकरण  कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

यो कार्यक्रम विद्यालय र अभिभावकबीचको सशक्त सहकार्य र साझा जिम्मेवारीको प्रतीक बनेको छ भने  विद्यार्थीको समग्र विकास र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रमको प्रमुख आकर्षण एस्पायर कलेजका प्रधानाध्यापक  चिन्तामणि बस्नेतको प्रेरणादायी अभिमुखीकरण सत्र थियो।  बस्नेतले अभिभावकहरूलाई बच्चाको शैक्षिक र मानसिक विकासमा सहकार्यको महत्त्व स्पष्ट पार्दै भने, "शिक्षक र अभिभावकको एकजुट प्रयासले मात्र विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सक्छ। हामी सबैको साझा योगदान नै शिक्षा प्रक्रियालाई सफल बनाउँछ।"

कार्यक्रममा शिक्षक र अभिभावक बीच खुला संवादका साथै विद्यार्थीको प्रगति र समग्र विकासमा आपसी विचार  आदानप्रदान भएको छ भने अभिभावकहरूले आफ्ना सन्तानको उज्जवल भविष्यका लागि विद्यालयसँगको सहयोगमा अझ सक्रिय भाग लिने  प्रतिबद्धता जनाएका छन ।

सेन्ट मेरिज  स्कुलले सबै अभिभावकको सक्रिय सहभागिताका लागि आभार प्रकट गर्दै, यस्ता सहकार्यात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। 

View : 37

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved